Date
शनि, बैशाख २६, २०८३
Sat, May 9, 2026
spot_img
25.1 C
Kathmandu

सभामुखले मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्दै

spot_img

काठमाडौं,१६ जेष्ठ ।  सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूलाई छलफलमा बोलाएका छन् । आज (शुक्रबार) बिहान ११ बजे बस्ने गरी मुख्य सचेतक र प्रमुख सचेतकलाई छलफलमा बोलाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

उनका अनुसार सदनको अवरूद्ध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरबारे छलफल हुने एजेण्डा छ । भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरूद्ध गर्दै आएका छन् । सभामुख घिमिरेले आजै मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once