Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
19.1 C
Kathmandu

गण्डकीमा राइड शेयरिङविरुद्ध आन्दोलन, जेठ १९ देखि देशव्यापी बन्दको चेतावनी

spot_img

पोखरा,१६ जेष्ठ । गण्डकी प्रदेश सरकारले राइड शेयरिङलाई मान्यता दिने नियमावली जारी गरेपछि यातायात व्यवसायी विरोधमा उत्रिएका छन्। सरकारले वार्ता समिति गठन गरी वार्तामा आउन सार्वजनिक यातायात व्यवसायीलाई अनुरोध गरे पनि व्यवसायीले आज (शुक्रबार) गण्डकी प्रदेशमा सार्वजनिक यातायात ठप्प बनाएका छन् ।

व्यवसायीको आन्दोलनले बिहानैदेखि लामो तथा छोटो दूरीका बस, ट्याक्सी, सार्वजनिक ढुवानी सेवा गण्डकी प्रदेशभित्र ठप्प छ । जसका कारण सर्वसाधारण यात्रुलाई सकस भएको छ । संघीय कानुनको बर्खलाप सार्वजनिक यातायात सेवाको योगदानलाई बिर्सिएर सरकारबाट ढाड सेक्दै निजी नम्बर प्लेटलाई पनि सार्वजनिक यातायात सरह मान्यता दिइने काम निन्दनीय भएको आन्दोलन संघर्ष समितिको भनाइ छ।

गण्डकी प्रदेशले राइड शेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिन नियमावली जारी गरेर कानुनी प्रक्रिया अगाडि बढाएपछि व्यवसायीले विरोधस्वरूप सार्वजनिक सवारीका साधन ठप्प बनाएका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा गण्डकीमा सार्वजनिक यातायात सेवा थन्क्याएका व्यवसायीले राइड शेयरिङलाई मान्यता दिने निर्णयबाट पछि हट्न सरकारलाई दबाब दिएका छन । गण्डकीका १६ हजार सार्वजनिक सवारी साधन थन्क्याएर आन्दोलनमा उत्रिएका व्यवसायीले आजदेखि गण्डकी प्रदेशभित्र यातायात ठप्प पारेका हुन । उनीहरूले जेठ १९ गतेदेखि देशव्यापी यातायात सेवा ठप्प पार्ने चेतावनी समेत दिएका छन ।

गण्डकी प्रदेश सरकारले गत महिना ३० गते राइड शेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापन नियमाली मन्त्रिपरिषदबाट पारित गर्दै राजपत्रमा प्रकाशित गरेको थियो। व्यवसायीले त्यसको विरोध गरेपछि सरकारले वार्ता समिति बनाएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव कमलकुमार अधिकारीको संयोजकत्वमा १३ गते वार्ता समिति बनाएको हो। समितिले व्यवसायीले वार्तामा आउन आह्वान समेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once