गणतन्त्र र समाजवादबारे गोष्ठी, एकीकृत समाजवादीको पहल

spot_img

वीरगंज,१५ जेष्ठ । नेकपा (एकीकृत समाजवादी) पर्साले गणतन्त्र दिवसको अवसरमा ‘गणतन्त्र र समाजवाद’ विषयक एकदिने गोष्ठी सम्पन्न गरेको छ । वीरगंजस्थित जिल्ला समन्वय समिति, पर्साको सभाहलमा सम्पन्न गोष्ठीमा पार्टीका नेताहरूले गणतन्त्र र समाजवाद सम्बन्धी धारणा राखेका थिए ।

नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा सम्पन्न गोष्ठीमा पार्टीका केन्द्रीय सदस्य तथा पर्सा सह–इन्चार्ज मनोज चौधरी, प्राध्यापक संघका तर्फबाट ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख हरि वैद्य, प्राध्यापक संघकै राजेन्द्र चौधरी, पेशागत महासंघका सुवेदार यादव, बुद्धिजीवी संगठन पर्साका अध्यक्ष इन्द्र भट्टराई, समाजवादी प्रेस संगठन नेपालका सचिव बृजलाल पासवान, दलित मुक्ति संगठन, पर्साका अध्यक्ष सुशील हजारा, युवा संघ वीरगंज महानगर कमिटीका अध्यक्ष तारकेश्वर चौबे, अनेरास्ववियु पर्साका अध्यक्ष मेवालाल साह, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य मनोज पटेल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

गोष्ठीमा बोल्ने अधिकांश वक्ताहरूले लोकतन्त्रको रक्षा तथा प्राप्त उपलब्धिहरूको संस्थागत विकास र संरक्षणका लागि सबै गणतान्त्रिक शक्तिहरू एकजुट हुनु पर्नेमा जोड दिएका थिए । साथै, नेताहरूले नेकपा (एकीकृत समाजवादी) ले आफ्नो राजनीतिक दस्तावेजमार्फत समाजवादलाई स्पष्ट रूपमा अंगीकार गर्दै समाजवादी आन्दोलनलाई अग्रगमन गराएको दाबी गरे ।

गोष्ठीमा पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको नेकपा (एकीकृत समाजवादी) पर्साका सचिव गंगा खड्काले जानकारी दिए । कार्यक्रममा स्वागत मन्तव्य पार्टीका उपाध्यक्ष विक्रम चौरसियाले गरेका थिए भने कार्यक्रमको सहजीकरण समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सचिव बृजलाल पासवानले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once