Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
17.1 C
Kathmandu

गणतन्त्र दिवसको अवसरमा वीरगंज कारागारमा रक्तदान कार्यक्रम

spot_img

वीरगंज,१५ जेष्ठ । गणतन्त्र दिवसको अवसरमा वीरगंजकारागार कार्यालयमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। डा. गोविन्द बहादुर थापा स्मृति प्रतिष्ठान र प्रभु हस्पिटलको संयुक्त आयोजनामा बिहीबार सम्पन्न रक्तदान कार्यक्रममा कारागारका कैदीबन्दी, थुनुवा, महिला कैदी तथा सशस्त्र प्रहरीसहित करिब १४० जनाले रक्तदान गरेका छन्।

रक्तदान कार्यक्रम वीरगंज कारागार कार्यालयको सहकार्यमा आयोजना गरिएको हो। वीरगंज क्षेत्रमा रगतको अभावलाई मध्यनजर गर्दै यो कार्यक्रम गरिएको आयोजकले जनाएका छन्।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रक्तदानमा सहभागी कैदीबन्दीहरुले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गर्नुभयो। “विभिन्न मुद्दामा कैद जीवन बिताइरहेका कैदीबन्दीहरुले रक्तदान गरेर अरुको जीवन जोगाउन मद्दत पुर्‍याउनु साह्रै सराहनीय छ,” उहाँले भन्नुभयो।

कार्यक्रम संयोजक दिलिपराज कार्कीले वीरगंज क्षेत्रमा रगतको अभाव निकै गम्भीर भएको महसुस गरेर नै रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। “रगतको अभावमा छटपटाइरहेका बिरामीहरुको जीवन बचाउन कैदीबन्दीहरुले देखाएको यो पहल अनुकरणीय छ,” उहाँले भन्नुभयो।

रक्तदान कार्यक्रममा पर्साका प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका सूचना अधिकारी देवेन्द्रबहादुर सिंह, सशस्त्र प्रहरीका नायब उपरीक्षक सुवर्ण पोखरेल, कारागार कार्यालय वीरगंजका निमित्त प्रमुख रुपक मण्डल तथा अन्य सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमले वीरगंजमा रक्तको अभावका कारण ज्यान जोखिममा परेका बिरामीहरुको जीवनमा आशाको किरण ल्याउने अपेक्षा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once