Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
19.1 C
Kathmandu

अख्तियारले दायर गर्‍यो नवराजपुर गाउँपालिकाका १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

spot_img

जनकपुर,१४ जेष्ठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन अध्यक्ष विश्वमोहनप्रसाद यादव, उपाध्यक्ष शोभा कुमारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ। गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा ३४ लाख ३९ हजार १८९ रुपैयाँ अनियमितता भएको आरोपमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

अख्तियारको अभियोगपत्र अनुसार, स्रोत सुनिश्चित नगरी वार्षिक योजना स्वीकृत नगरी भवन निर्माणको डीपीआर (डिजाइन तथा प्राविधिक प्रतिवेदन)लाई खण्डीकरण गरी अनियमितता गरिएको छ। स्थलगत नापजाँच गर्दा पुरानो संरचना त्रुटिपूर्ण देखिएको र सो संरचनामा थप निर्माण कार्य गर्न उपयुक्त नभएको उल्लेख छ।

गाउँपालिकाले उक्त संरचनालाई उपयोग गर्न नसकेर सार्वजनिक सम्पत्ति हिनामिना, दुरुपयोग र भ्रष्टाचार भएको आरोप अख्तियारले लगाएको छ।

मुद्दा दायर गरिएका व्यक्तिहरूमा प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत, तत्कालीन इन्जिनियर कृष्णा साह, सबइन्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य, वडाध्यक्ष मदन यादव, मनोजकुमार यादव, योजना शाखा प्रमुख रमेशकुमार निधि, जिन्सी प्रमुख सञ्जयप्रसाद यादव, साथै भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दीपेन्द्रकुमार यादव र कोशीलादेवी यादव पनि रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once