Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
21.1 C
Kathmandu

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हात्तीको आक्रमण, एक व्यक्तिको मृत्यु

spot_img

वीरगंज,१४ जेष्ठ । पर्साको सितलपुर जंगलमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ। घटनामा मकवानपुर मनहरी गाउँपालिका–२ का ४५ वर्षीय श्याम बहादुर भुलनले ज्यान गुमाएका हुन्।

जेठ ९ गते श्याम बहादुर आफ्ना साथीहरू भक्त बहादुर आले र श्रवण भुलनसहित कुरिलो खन्न जंगल गएका थिए। त्यही क्रममा अचानक आएको जंगली हात्तीको आक्रमणमा परेर श्यामको घटनास्थलमै मृत्यु भएको हो।

उनका साथीहरू भने ज्यान जोगाएर भाग्न सफल भएका छन्। पर्सा प्रहरीका डिएसपी किशोर लम्सालका अनुसार घटनापछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का तयार पारेर शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल बीरगन्ज पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once