Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
19.1 C
Kathmandu

अधिक तरलता कारण अन्तरबैंक दर घट्यो, ८० अर्ब निक्षेप संकलन गरिँदै

spot_img

काठमाडौं,१४ जेष्ठ । आर्थिक गतिविधि वृद्धि हुन नसक्दा सुस्त भएको कर्जा मागले वित्तीय प्रणालीमा अधिक तरलता समस्या झनै बढ्दै गएको छ ।

केन्द्रीय बैंकले प्रणालीको अधिक तरलता अल्पकालीन व्यवस्थापन गर्न आज बुधबार ८० अर्ब खिच्ने भएको छ ।

अर्थतन्त्रमा देखिएको सुस्तताले कर्जा माग बढ्न नसक्दा वित्तीय प्रणालीमा तरलता बढेको हो । कर्जा माग नबढ्नु, रेमिट्यान्स आप्रवाहमा निरन्तर सुधार र निर्यात समेत बढेपछि वित्तीय प्रणालीमा तरलता बढेको हो ।

साथै, आर्थिक वर्षको अन्तिम समयमा बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी बढाउने भन्दा पनि असुलीमा ध्यान केन्द्रित गर्ने भएकाले प्रणालीमा अधिक तरलता भएको हो ।  वित्तीय प्रणालीमा अधिक तरलता निरन्तर कायम भएपछि केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत अनिवार्य नगद मौज्दात सम्बन्धी व्यवस्था खुकुलो बनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले दैनिक राख्नुपर्ने अनिवार्य नगद मौज्दात ४ प्रतिशतको ७० प्रतिशतलाई बढाइ ९० पुर्‍याएको छ । त्यस अनुसार बैंकहरूले तरलता व्यवस्थापन गर्दासमेत अधिक तरलता हुने अवस्था आएपछि अन्तरबैंक दर बढाउन बुधबार ८० अर्ब रुपैयाँ बराबर निक्षेप संकलन उपकरण जारी गरेको हो ।

बुधबार वित्तीय प्रणालीबाट केन्द्रीय बैंकमा रहेको १ खर्ब ७९ अर्ब रुपैयाँ स्थायी निक्षेप सुविधा परिपक्व भएको केन्द्रीय बैंकले जनाएको छ । त्यसैगरी आजै ३१ अर्ब ६५ करोड बराबर निक्षेप संकलन उपकरण परिपक्व भएको छ ।

त्यो पैसा प्रणालीमा आउँदा अधिक तरलता झनै जटिल भई अन्तरबैंक ब्याजदर घट्न सक्ने भएकाले ८० अर्ब निक्षेप संकलन उपकरण प्रयोग गर्न लागेको केन्द्रीय बैंकका एक अधिकारीले बताए ।

‘अन्तरबैंक दर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा थोरै हुन दिन नखोजेको हो,’ ती अधिकारीले भने, ‘बुधबार विभिन्न उपकरण मार्फत खिचिएको तरलता बजारमा फिर्ता जाँदा अन्तरबैंक दरमा दबाब पर्न सक्ने भएकाले निक्षेप संकलन उपकरण प्रयोग भएको हो ।’

मौद्रिक नीतिको नयाँ व्यवस्थाले पनि अधिक तरलता व्यवस्थापनमा केही मद्दत गर्ने भएकाले आगामी दिनमा ब्याजदर तल्लो सीमाभन्दा केही माथि राख्न खोजिएको उनको बुझाइ छ । केन्द्रीय बैंकका अनुसार वित्तीय प्रणालीमा मंगलबार ८४ अर्ब ५३ करोड छ । यो तरलता खिच्नभन्दा पनि अन्तरबैंक दर बढाएर ब्याजदर करिडोरको तल्लो सीमा बढाउन खोजेको स्पष्ट हुन्छ । ब्याजदर करिडोरको तल्लो सीमा बढे बैंक तथा वित्तीय संस्थाका बचतकर्ताले पाउने ब्याज पनि बढ्न जान्छ ।

स्थायी निक्षेप मार्फत तरलता केन्द्रीय बैंकमा जाँदा २ दिनसम्म मात्र होल्ड हुन्छ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाले पाउने ब्याजदर पनि करिडोरको तल्लो सीमा हो । तर, निक्षेप संकलन मार्फत तरलता खिच्दा ब्याजदर बोलकबोल मार्फत निर्धारण हुने भएकाले करिडोरको तल्लो सीमा नै बढाउने वा घटाउने अवस्था रहन्छ ।

यसअघि केन्द्रीय बैंकले यसै साता आइतबार ३० अर्ब बराबर निक्षेप संकलन गरेको थियो । उक्त परिमाण निक्षेप संकलन गर्न बैंक तथा वित्तीय संस्थाले ६६ अर्ब दिन खोजेका थिए । केन्द्रीय बैंकले यही सातामा बुधबार पुन ८० अर्ब निक्षेप संकलन आह्वान गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once