Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
19.1 C
Kathmandu

दिगो खानेपानी आयोजना अघि बढाइने

spot_img

हेटौँडा,१३ जेष्ठ । खानेपानीमन्त्री प्रदीप यादवले देशमा दिगो किसिमका खानेपानी आयोजनालाई सशक्त रूपमा अगाडि बढाउने बताएका छन् ।

आज हेटौँडा उपमहानगरपालिका–१६ को बृहत् शक्ति खानेपानी आयोजना उद्घाटन गर्दै मन्त्री यादवले भने, ‘सरकार स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि हरदम प्रयासरत छ ।’

सो कार्यक्रमका विशिष्ट अतिथि एवं प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले बृहत् शक्ति खानेपानी आयोजना हेटौँडालगायत आसपासका हजारौँ घरधुरीमा स्वच्छ र सुरक्षित पानी पुर्‍याउने योजनाको मूर्तरूप भएको बताए ।

खानेपानी तथा सरसफाइको दिगो विकासको लक्ष्य हासिल गर्न तीनै तहको सरकारको प्रयास आवश्यक रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जीनीयर रामकुमार श्रेष्ठले बताए ।

उनले भने, ‘खानेपानी तथा ढल व्यवस्थापन विभागले सबै स्थानीय तहको खानेपानी, सरसफाइ र स्वच्छता कार्य योजना (वास प्लान) बनाउन सहयोग गरिरहेको छ ।’

बृहत् शक्ति खानेपानी आयोजनामार्फत यहाँका आठ हजार ७१९ घरपरिवार लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौँडाका प्रमुख पूर्णप्रसाद उपाध्यायले जानकारी दिए । उक्त आयोजना कूल छ करोड ६७ लाख ६७ हजार २६३. ९२ रुपैयाँ मा सम्पन्न भएको हो ।– रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once