Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
19.1 C
Kathmandu

पोखरियामा योग दिवसको उत्सव, भव्य रूपमा सम्पन्न कार्यक्रम

spot_img

पोखरिया,१३ जेष्ठ । पोखरिया नगरपालिका वडा नं. ४ स्थित जिल्ला उचाँगल रामदेव कलवार उच्च माध्यमिक विद्यालयको प्रांगणमा अन्तर्राष्ट्रिय योग दिवस २०२५ विशेष कार्यक्रमका साथ मनाइयो ।

भारतको महावाणिज्य दूतावास, वीरगंज र पोखरिया नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा पोखरियाका जनप्रतिनिधि, युवा, महिला, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चारकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा भारतका महावाणिज्य दूतावास, वीरगंजका महावाणिज्यदूत देवीसहाय मिणा, वाणिज्यदूत अजय जैन, वाणिज्यदूत मनिष कुमार दास, पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहान, वडा अध्यक्ष प्रमोद गिरी, लक्ष्मण साह कानु, प्रमाणन्द प्रसाद पटेल, नौसाद आलम, राधा साह कानु, पूर्व मेयर दिपनारायण प्रसाद रौनियार, प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह, दिनेश प्रसाद चौहान, ओमप्रकाश रौनियार, भगवान प्रसाद कुर्मी, श्रीकिसुन प्रसाद चौहान लगायतकाे उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा योग प्रशिक्षक धिरेन्द्र कुमार सिंहले उपस्थित सहभागीहरूलाई विभिन्न योग आसन र ध्यान अभ्यास गराएका थिए । कार्यक्रममा योगका फाइदाबारे जानकारी दिँदै स्वस्थ जीवनशैलीको महत्वमाथि प्रकाश पारिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once