Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
19.1 C
Kathmandu

केराको चर्को मूल्यले वीरगंजका उपभोक्ता आक्रोशित, प्रशासन मौन

spot_img

वीरगंज,१२ जेष्ठ । वीरगंजमा केराको मूल्य आकाशिएको छ। मधेश प्रदेशमा विशेष धार्मिक पर्व वट सावित्रीलाई लक्षित गर्दै व्यवसायीहरूले केराको मूल्य मनोमानी रूपमा बढाएको स्थानीय उपभोक्ताहरूको आरोप छ।

शनिवारसम्म बढीमा १२० रुपैयाँ प्रति दर्जनमा बिक्री भइरहेको केरा आइतबार ३०० रुपैयाँ र सोमवार बिहान २५० रुपैयाँमा बिक्री भएको छ। उपभोक्ताहरूको भनाइमा तीन दिनभित्र नै केराको मूल्य दोब्बर भन्दा बढीले वृद्धि भएको छ, जसले बजारमा आक्रोश फैलिएको छ।

सिमावर्ती भारतीय बजार रक्सौलमा भने केरा थोकमा ५५ देखि ६० रुपैयाँ भारुमा र खुद्रामा ७० रुपैयाँसम्म बिक्री भइरहेको छ, जसले वीरगंज र रक्सौल बजारबीचको मूल्य अन्तर झनै प्रष्ट पारेको छ।

स्थानीय व्यापारीहरूका अनुसार केही व्यवसायीहरूले बजारमा कृत्रिम रूपमा अभाव सिर्जना गरी मूल्य बढाइरहेका छन्। शम्भु गुप्ता नामका व्यापारीले वीरगंजमा भारतीय केराको ठूलो परिमाणमा आयात गर्दै बजार नियन्त्रणमा लिएको र स्थानीय प्रशासनको मिलोमतोको आशंका समेत जनाइएको छ।

नेपाल फलफूल तथा तरकारी थोक व्यवसायी संघ पर्साका अध्यक्ष जगु साहका अनुसार धार्मिक पर्व र मागको चापसँगै नेपालमा केराको आपूर्ति कम भएकाले मूल्य वृद्धि भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले केराको मूल्य कृत्रिम रूपमा बढाउने व्यक्तिहरूलाई कारबाही गरिने बताए।

काठमाडौंको कालिमाटी फलफूल बजारमा केरा प्रति दर्जन १५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ भने वीरगंजमा दोब्बर मूल्यमा केरा बिक्री भइरहेको छ। स्थानीय प्रशासनको कमजोर अनुगमन र व्यवसायीको मनोपोलीका कारण उपभोक्ताहरू मारमा परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once