Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
20.1 C
Kathmandu

सबैभन्दा बढी बिजुली खपत गर्ने १० उपभोक्ता सार्वजनिक

spot_img

काठमाडौं,११ जेष्ठ । नेपाल विद्युत् प्राधिकरणले अत्यधिक विद्युत् खपत तथा नियमित महसुल भुक्तानी आधार बनाइ आफ्ना सर्वाधिक महत्त्वपूर्ण उपभोक्ताको नाम सार्वजनिक गरेको छ ।

जसमा देशभरिबाट उत्कृष्ट १० (टप टेन) उपभोक्ताको नाम समेटिएको छ । सात वटै प्रदेशबाट १०/१० महत्त्वपूर्ण ग्राहक र देशभरिबाट १० सर्वाधिक महत्त्वपूर्ण ग्राहकको नाम सार्वजनिक गरिएको प्राधिकरणले जनाएको छ ।

प्रत्येक प्रादेशिक कार्यालयबाट १० ग्राहकका दरले ७० तथा देशभरिबाट १० गरी कुल ८० ग्राहकको नाम आफ्नो वेबसाइटमा सार्वजनिक गरिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले तयार पारेको टप टेन उपभोक्तामा सर्वोत्तम स्टिल लिमिटेड, विजयश्री स्टिल्स लिमिटेड, गोयल इस्पात प्रालि, आरती स्ट्रिप्स प्रालि, प्रिमियर स्टिल प्रालि, श्री स्टिल्स प्रालि, होङ्सी शिवम् सिमेन्ट प्रालि, हुलास वायर इन्डस्ट्रिज लिमिटेड, स्वस्तिक रोलिङ मिल्स र जगदम्बा वायर्स प्रालि छन् ।

यसरी छनोट भएका ग्राहकलाई उच्च प्राथमिकतामा राखेर सेवा प्रदान गर्ने प्राधिकरणले जनाएको छ । छनोट भएका प्रदेश स्तरका ग्राहकलाई प्रदेशमा र केन्द्र स्तरका ग्राहकलाई केन्द्रमा कार्यक्रम राखी सम्मान गरिने प्राधिकरणले जनाएको छ ।

ग्राहकलाई प्रदान गर्ने सेवा छिटोछरितो, चुस्त र भरपर्दो बनाउने तथा ग्राहक सेवालाई मूलमन्त्र मानेर कार्य गर्ने उद्देश्य अनुसार यस कार्यको थालनी गरिएको प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once