Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
17.1 C
Kathmandu

परराष्ट्रमन्त्री डा. राणासँग बिम्स्टेक महासचिवको शिष्टाचार भेट

spot_img

काठमाडौं ,०४ जेष्ठ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेटवार्ता गरेका छन् । सगरमाथा संवादमा सहभागी हुन काठमाडौँ आएका उनले आज यहाँ मन्त्री डा. राणासँग ‘साइडलाइन’ भेट गरेका हुन् ।

त्यस अवसरमा बिम्स्टेकसँग नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्य र समन्वयबारे कुराकानी भएको थियो । मन्त्री डा. राणाले बिम्स्टेकका उद्देश्य र सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याइन् । यसैगरी मन्त्री डा. राणासँग किर्गीस्तानका राष्ट्रपतिका विशेष दूत दिनारा कामेलोभाले पनि आज शिष्टाचार भेटवार्ता गरिन् ।

सगरमाथा संवादका लागि नेपालमा रहेकी निदाराले मन्त्री डा. राणासँग आज होटल सोल्टीमा शिष्टाचार भेटवार्ता गरेकी हुन् । भेटका क्रममा मन्त्री डा. राणाले उनलाई सगरमाथा संवादमा सहभागिताका लागि धन्यवाद ज्ञापन गरिन् । उक्त भेटमा किर्गीस्तान र नेपालको द्विपक्षीय सम्बन्धका साथै पर्यटन, कृषि, जलविद्युतलगायत क्षेत्रमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once