Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
17.1 C
Kathmandu

रौतहटमा दुर्घटनामा परेका युवकको मृत्यु

spot_img

रौतहट,०३ जेष्ठ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिकामा दुर्घटनामा परेर एकजना अन्दाजी ३५ वर्षीय युवकको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न सकेको छैन ।

दुर्घटना भएको गाडी हालसम्म यकिन गर्न नसकिएको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले बताएका छन्। गएराति १० बजेको समयमा चन्द्रपुर ४ पुर्व पश्चिम राजमार्ग सडक खण्डमा उक्त युवक दुर्घटना भई घाइते अवस्थामा लडेको फेला परेको थियो।

प्रहरी गस्ती टोलीले तत्काल निजलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पताल पठाइएकोमा डाक्टरले मृत घोषणा गरेको डीएसपी राईले बताएका छन्। राजमार्गमा गुडिरहेको कुनै गाडीबाट लडेर उक्त दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिाहपुरमा राखिएको तथा घटना सम्बन्धी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once