Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
18.1 C
Kathmandu

पर्सा प्रहरीले लागुऔषधसहित एक युवक पक्राउ, १५ ग्राम खैरो हेरोइन फेला

spot_img

वीरगंज,२ जेष्ठ । पर्सा प्रहरीले लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा एक युवकलाई १५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ। बीरगन्ज महानगरपालिका–२१ स्थित परवानीपुर चोकमा लागुऔषध किनबेच भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।

प्रहरीका अनुसार भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा सवार एक युवकलाई शंका लागेपछि जाँच गर्दा उनको सर्टको दाहिने खल्टीबाट प्लास्टिकमा प्याक गरिएको तीन वटा पुडियामा खैरो हेरोइन जस्तो देखिने १५ ग्राम लागुऔषध फेला परेको हो।

पक्राउ परेका व्यक्ति बीरगन्ज महानगरपालिका–१६, ईनर्वा निवासी २२ वर्षीय मुस्तुफा अन्सारी हुन्।

जिल्ला प्रहरी कार्यालय पर्साले उनलाई लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once