Date
बिहि, बैशाख २४, २०८३
Thu, May 7, 2026
spot_img
18.1 C
Kathmandu

रत्ननगरमा बस दुर्घटना हुँदा १५ घाइते

spot_img

चितवन,२ जेष्ठ । चितवनको रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

बस लहानबाट काठमाडौं जाँदै गर्दा डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।
घाइते सबैको अवस्था सामान्य रहेको र प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।
२ जेठ, चितवन ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–१० मा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।लहानबाट काठमाडौंतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

बसमा ३९ जना यात्री रहेकामा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once