Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
21.1 C
Kathmandu

वीरगंजको ऐतिहासिक घण्टाघर मर्मतमा ढिलाइ, स्थानीयको चासो

spot_img

वीरगंज,३१ वैशाख । वीरगंजको ऐतिहासिक र प्रतीकात्मक संरचना घण्टाघर तीन महिनादेखि मर्मतको घेरामा थुनिएको छ। फागुन ७ गते बाल्कोनी भत्किएपछि सुरु भएको मर्मत कार्य अझै अधुरो छ, जसका कारण स्थानीयवासी र पर्यटक दुवैमा असन्तोष बढेको छ।

बाल्कोनीको मर्मत अझै पूरा नभएको कारण घण्टाघरलाई घुम्टोले ढाकिएको छ। वीरगञ्ज घुम्न आउने पर्यटकहरूले यसलाई फोटो खिच्ने आकर्षणको रूपमा हराएको भन्दै निराशा व्यक्त गरिरहेका छन्।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले संरचनाको जीर्ण अवस्थाका कारण मर्मत कार्यमा ढिलाइ भएको बताएका छन् र ठेकेदार कम्पनीलाई शीघ्रता अपनाएर काम सम्पन्न गर्न आग्रह गरेका छन्।

इञ्जिनियर गौरव झाले मर्मतमा ढिलाइ हुनुको कारण प्राविधिक जटिलता भएको बताउँदै, वर्षौंदेखि बाल्कोनीमा निकासको व्यवस्था नहुँदा पानी जम्ने, घामपानीले क्र्याक आउने र छडमा खिया लाग्ने जस्ता समस्याहरूका कारण काम जटिल बनेको जानकारी दिए।

वर्तमानमा स्काफोल्डिङ बाँधिएको र ५०–६० फिट उचाइमा मर्मत कार्य भइरहेको छ, र मुनिको संरचना सुरक्षित राख्दै काम चलाइएको छ। इञ्जिनियर गौरवका अनुसार पुराना छड हटाएर नयाँ राख्ने काम भइरहेको छ र यदि वर्षाले थप अवरोध नगरे, असार १० भित्र मर्मत कार्य पूरा हुने लक्ष्य राखिएको छ।

सन् १९७९ मा जापानको योनागो सहरका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट बनाएको यो घण्टाघर वीरगञ्जको प्रतिष्ठाको प्रतीक मानिन्छ। गत चैत २७ मा नेपालका लागि जापानी राजदूत माएदा तोरु वीरगञ्ज भ्रमणमा आउँदा घण्टाघरप्रति विशेष चासो देखाएका थिए।

बीरगन्जवासीहरू मर्मत कार्यमा शीघ्रता ल्याउन र घण्टाघरलाई पुरानै स्वरूपमा फर्काउन माग गरिरहेका छन्। सौन्दर्य, संस्कृति र इतिहासको प्रतीक यस घण्टाघरको पुनर्निर्माण चाँडो पुरा होस् भन्ने अपेक्षा सबैको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once