Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
spot_img
19.1 C
Kathmandu

बस दुर्घटना, २२ जना घाइते

spot_img

पोखरा,३१ वैशाख । पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ ।

ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटना भएको हो । छोरेपाटन बजारदेखि केही माथि नगर बस घुम्दीबाट खसेको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरि बस्नेतका अनुसार, दुर्घटनामा परेर चालक र सहचालकसहित २२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको डीएसपी बस्नेतले  जानकारी दिए ।

बसमा २६ जना सवार रहेको भन्ने बुझिएको प्रहरीले बताएको छ ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once