काठमाडौं,३० वैशाख । अविरल वर्षाका कारण सोमबार रातिदेखि अबरुद्ध भएको बीपी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार, केही समयअघि राजमार्ग दुवै दिशाबाट सञ्चालनमा आइसकेको छ।
सोमबार राति बीपी राजमार्गको माम्ती क्षेत्रमा पर्ने रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएको थियो।
प्रहरी निरीक्षक कार्कीले खोलाको बहाव मोडिएको र बगाएको डाइभर्सन माटोले भरिएको जानकारी दिए।
‘बिहान ८ बजेदेखि सडक विभागका ४ वटा जेसीबी र ५ वटा टिपर प्रयोग गरी कल्भर्ट बगेको स्थानमा माटो हालिएको हो,’ गिरीले भने, ‘अहिले राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ।’





