Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
spot_img
19.1 C
Kathmandu

कारको ठक्करबाट बालकको मृत्यु

spot_img

सिन्धुली,३० वैशाख । सिन्धुलीको दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । उदयपुरको कटारीबाट डकाहातर्फ आउँदै गरेको बि ए बी ०१८८ नम्बरको कारले आज ठक्कर दिँदा दुधौली–७ चिहानडाँडाका १० वर्षीय मन्देश सदाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

कारको ठक्करबाट घाइते भएका सदाको दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको हो । प्रहरीले कारका चालक ३४ वर्षीय रामकुमार राईलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once