Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
spot_img
20.1 C
Kathmandu

व्यापार रोकिदिन्छु भनेपछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भए : ट्रम्प

spot_img

काठमाडौं,२९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाकै कारण भारत र पाकिस्तानबीच युद्धविराम भएको दाबी गरेका छन्। आज (सोमबार) पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम गराउन अमेरिकाले भूमिका खेलेको बताएका हुन्।

ट्रम्पले आफूहरूका कारण दुई दक्षिण एसियाली मुलुकबीचको संघर्ष अन्त्य भएको समेत दाबी गरे। उनले भने, ‘शनिबार मेरो प्रशासनले भारत र पाकिस्तानबीच पूर्ण र तत्काल युद्धविरामका लागि सहयोग गरेको छ। मलाई लाग्छ कि यो स्थायी युद्धविराम नै हो। जसका कारण ठूलो मात्रामा परमाणु हतियार भएका दुई देशबीचको खतरनाक संघर्ष समाप्त भएको छ।’

अमेरिकाले व्यापार रोक्छु भनेकै कारण दुई देश संघर्ष अन्त्यका लागि तयार भएको पनि ट्रम्पको दाबी छ। ‘हामीले भन्यौं, हामीले धेरै सहयोग गर्‍यौँ । हामीले तपाईहरूसँग धेरे कारोबार गछौं । यदि तपाईंहरू संघर्ष रोक्नु भयो भने निरन्तरता दिन्छौँ, नत्र हामी तपाईहरूसँग व्यापार गर्दैनौँ,’ ट्रम्पले भने । उनले भारतसँग व्यापार वार्ता गरिरहेको र पाकिस्तानसँग पनि छिट्टै वार्ता गर्ने बताए। आणविक तनाव रोकिँदा धेरैको ज्यान पनि जोगिएको उनको भनाइ छ। उनले भने, ‘हामीले आणविक तनाव रोकिदिएका छौं। आणविक युद्ध नै हुन सक्थ्यो र त्यसमा लाखौंको ज्यान जान सक्थ्यो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once