Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
spot_img
20.1 C
Kathmandu

चीन–अमेरिका नयाँ सम्झौता पछि आयात निर्यातमा कति कर

spot_img

काठमाडौं,२९ वैशाख । अमेरिका र चीनबीच नयाँ व्यापार सम्झौता भएको छ, जसअनुसार अब दुवै देशले एकअर्कामाथि लगाएको ११५ प्रतिशत भन्सार शुल्क कटौती गर्नेछन् ।

स्वीट्जरल्यान्डको जेनेभामा भएको सम्झौताअनुसार अमेरिकाले चिनियाँ सामानमा ३० प्रतिशत भन्सार कर लगाउनेछ भने अमेरिकी सामानमा चीनले १० प्रतिशत भन्सार लगाउनेछ ।

यद्यपि दुई देशबीच भन्सार शुल्कमा गरिएको यो कटौती ९० दिनका लागि हो । जेनेभामा दुई दिनसम्म चलेको वार्तापछि दुई देशबीच भन्सारबारे नयाँ सम्झौता भएको हो । चीनसँग चलिरहेको व्यापार युद्धबीच यसलाई अमेरिकी राष्ट्रपति ट्रम्पको जितका रूपमा हेरिएको छ ।

ह्वाइट हाउसले एक वक्तव्यमार्फत आइतबार चीनसँग व्यापार सम्झौता भएको घोषणा गरेको थियो । यद्यपि यसबारे विस्तृत जानकारी दिएको थिएन । चिनियाँ उपप्रधानमन्त्री हे लिफेंगले भने जेनेभामा एक संयुक्त वक्तव्य जारी गर्ने बताएका थिए भने उपवाणिज्यमन्त्री लि चेंगगेंगले भने सम्झौतालाई संसारका लागि राम्रो खबर भएको उल्लेख गरेका थिए ।

अमेरिकी अधिकारीहरूले यसलाई व्यापारघाटा कम गर्नका लागि भएको राम्रो सम्झौता भनेका छन् । गत महिना ट्रम्पले चिनियाँ सामानमाथि १४५ प्रतिशत कर लगाएका थिए भने त्यसको बदलामा चीनले १२५ प्रतिशत कर लगाएको घोषणा गरेको थियो, जसबाट संसारका दुई ठूला अर्थतन्त्रबीच वार्षिक ६ सय अर्ब डलरको व्यापार लगभग रोकिएको थियो ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले दुई देश छिट्टै सम्झौतामा पुगेकाले सोचेजस्तो गहिरो विवाद नभएको बबताएका छन् । यद्यपि उनले अमेरिका र चीनले १४५ प्रतिशत अमेरिकी भन्सार र १२५ प्रतिशत चिनियाँ भन्सार कम गर्ने सहमति भएको बारे केही बताएका थिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once