Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
19.1 C
Kathmandu

कोरियामा पढ्न जान चाहनेका लागि झटका, एनओसीमा रोक

spot_img

काठमाडौँ,२८ वैखाश । सरकारले दक्षिण कोरियाका लागि जारी गर्ने नो अब्जेक्सन लेटर (एनओसी) स्थगन गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि एनओसी जारी गर्न रोकेको हो । मन्त्रालयका सूचना अधिकारी नीलकण्ठ ढकालले तत्कालका लागि एनओसी जारी गर्न स्थगन गरिएको बताए । कोरियामा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूले दुःख पाएको गुनासो व्यापक रूपमा आएपछि तत्कालका लागि स्थगन गरिएको उनको भनाइ छ ।

गुनासो आउने थालेपछि परराष्ट्र मन्त्रालयले कोरियास्थित नेपाली राजदूतावाससँग नेपाली विद्यार्थीहरूको अवस्थाबारे जानकारी माग गरेको थियो । त्यसको जवाफमा दूतावासले नेपाली विद्यार्थीको अवस्था र उनीहरूले पाउने डी–२ र डी–४ भिसाका विषयमा जानकारी गराएको थियो । दूतावासले कोरियामा दिनानुदिन नेपाली विद्यार्थीहरू समस्याग्रस्त हुँदै गएको जनाएको छ ।

विषेशगरी कोरियामा अण्डरग्रेजुएट अध्ययनका लागि जाने विद्यार्थीहरू डी–२ र डी–४ भिसामार्फत जाने गरेका छन् । डी–२ भिसामा आउनेहरू कोरिया पुगेर सिधै आफूले पढ्न चाहेको विश्वविद्यालय र कोर्समा भर्ना हुने गरेको दूतावासले जनाएको छ । तर, विद्यार्थीलाई कन्सल्टेन्सीहरूले जाने वित्तिकै अवैधानिक रूपमा भएपनि काम गर्न पाइन्छ भनेर आश्वासन बाँड्ने गरेको र विद्यार्थीहरू पढाइभन्दा काममा बढी फोकस हुने गरेको दूतावासको भनाइ छ ।

सोचेअनुसार नभएपछि मानसिक तनाव र समस्यामा पर्ने गरेका छन् । डी–४ भीषामा जाने विद्यार्थीहरू कोरिया प्रवेश गरेपछि ६ महिनादेखि एक वर्षसम्म भाषा अध्ययन गर्ने गर्दछन् । त्यसपछि डी–४ बाट डी–२ भिसामा जानका लागि अर्को विश्वविद्यालयमा आवेदन दिनुपर्ने हुन्छ । यसरी अर्को विश्वविद्यालयमा आवेदन गर्दा विद्यार्थीहरूले कालोसूचीमा रहेका विश्वविद्यालयहरूमा आवेदन गर्ने, क्रेडिट आवर कम भएका विश्वविद्यालयमा आवेदन दिने गरेको दूतावासले जनाएको छ ।

डी–४ भिसामा कोरिया प्रवेश गर्दा भाषा अध्ययन सकेपछि कुन विश्वविद्यालयमा भर्ना हुने भन्ने कुरा नेपालबाट कन्सल्टेन्सीहरूले सुनिश्चित नगरीकन, आउनेविक्तिकै काम गर्न पाउने र पैसा यथेष्ट कमाउने झुटो आश्वासन लिएर पठाउने गरेको पाइएको छ । कन्सल्टेन्सीहरूले विद्यार्थीहरूको ब्रेन वास गरेर अवैधानिक तरिकाले भएपनि कोरियामा काम गर्न पाइन्छ भनेर ‘कोरियाली सपनाको व्यापार’ गर्ने गरेको समेत दूतावासले जनाएको छ ।

डी–४ भिसाको नाममा अत्यधिक रकम असुली गर्ने, एउटै कामका लागि ३४ पटकसम्म पैसा उठाउने, कोरियामा भएका एजेन्ट मार्फत कोठा खोजिदिने लगायत विभिन्न बहानामा फेरि पनि पैसा लिई लुट धन्दा नै चलाउने गरेको भनि समस्यामा परेका विद्यार्थीहरूबाट दैनिक रूपमा गुनासो आउने गरेको दूतावासले जनाएको छ । दूतावासले नेपाली विद्यार्थीले दुःख पाइरहेको भन्दै परिपत्र गरेपछि शिक्षा मन्त्रालयले एनओसी जारी गर्न स्थगन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once