Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026
spot_img
23.1 C
Kathmandu

बेपत्ता व्यक्तिको खोजी तीव्र : कर्णालीमा गोताखोर झारे

spot_img

काठमाडौं,२७ वैशाख । कालीकोटको पचालझरना गाउँपालिका-८ स्थित कर्णाली नदीमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि सशस्त्रको गोताखोर परिचालन गरिएको छ ।

शनिबार गोताखोरको टोली परिचालन गरिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शेलेन्द्र थापाले जानकारी दिए ।

शुक्रबार नुहाउने क्रममा नरहरी गाउँपालिका–१ कोटवारी बस्ने १६ वर्षका बिराज विष्ट कर्णाली नदीमा डुबेर बेपत्ता भएका थिए ।

उनी बेपत्ता भएको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालीकोटलाई जानकारी गराएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ५ जना गोताखोरसहितको टोली खटाइएको हो

यसै गरी दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–९ स्थित कर्णाली नदिमा बेपत्ता भएका अन्दाजी १६ वर्षीय भुवन सार्किको खोजीकार्य पनि जारी छ । उनी पनि शुक्रबार नै बेपत्ता भएका थिए ।

बेपत्ता भएको जनाकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल जलविद्युत आयोजना सुरक्षा बेश डावबाट उनको खोजीका लागि सुरक्षाकर्मी खटाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once