चितवन,२७ वैशाख । गएराति करिब पौने ११ बजे पर्साबाट चितवनको पिठुवातर्फ जाँदै गरेको बसमा अचानक आगलागी भएको छ।
बागमती प्रदेश ०६–००१ ख ०१८८ नम्बरको उक्त बसमा आगो लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।प्रहरीका अनुसार आगलागीबाट बसमा क्षति पुगेको छ। बस चितवन शक्तिखोर निवासी ५२ वर्षीय कुल बहादुर रायमाझीको स्वामित्वमा रहेको थियो। चालक समेत उनी स्वयं रहेका थिए।
आगलागीको कारण हालसम्म खुल्न सकेको छैन। घटनाका बेला बसमा चालकबाहेक अन्य कोही यात्रु थिएनन्। आगो राति नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।






