Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
17.1 C
Kathmandu

गाजामा मानवीय सहायता : इजरायलले वितरणमा भाग नलिने, सुरक्षा मात्र दिने

spot_img

जेरुसेलम । अमेरिकी नेतृत्वमा प्रस्तावित गाजाका लागि मानवीय सहायता योजनाअन्तर्गत इजरायल खाद्यान्न वितरणमा प्रत्यक्ष संलग्न नहुने तर आवश्यक सैन्य सुरक्षा प्रदान गर्ने अमेरिकी राजदूत माइक हक्काबीले जानकारी दिएका छन् ।

शुक्रबार जेरुसेलममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राजदूत हक्काबीले भने, “गाजा हाल युद्धको अवस्थामा रहेको छ, त्यसैले इजरायली पक्षले सुरक्षाको जिम्मा लिनेछ । तर खाद्यान्नको ढुवानी वा वितरणमा उनीहरू प्रत्यक्ष सहभागी हुने छैनन् ।”

उनको भनाइअनुसार, गाजामा हाल देखिएको खाद्यान्न, पानी, इन्धन तथा औषधिको गम्भीर अभाव समाधान गर्न अमेरिकाले नयाँ गैरसरकारी संस्था मार्फत सहायता वितरण प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

यो नयाँ योजना हाल कार्यरत संयुक्त राष्ट्रसङ्घ र अन्य सहायता संस्थाहरुलाई सिधै समावेश नगरेको भन्दै केही अन्तर्राष्ट्रिय आलोचना पनि आएको छ । तर राजदूत हक्काबीले भने, “हामी संयुक्त राष्ट्र, सबै गैरसरकारी संस्था तथा सम्बन्धित सरकारहरुलाई यस प्रक्रियामा सहभागी हुन हार्दिक आह्वान गर्दछौं । हामी सबैको सहकार्यमा अघि बढ्न चाहन्छौं ।”

योजनाको कार्यान्वयन कहिलेबाट सुरु हुनेछ भन्नेबारे उनले स्पष्ट समयसीमा भने दिएका छैनन् । यद्यपि, उनले विभिन्न साझेदार संस्थाहरूले सहकार्यका लागि सकारात्मक सङ्केत दिइसकेको जानकारी दिए ।

राजदूत हक्काबीका अनुसार, सहायता वितरणस्थलहरूको सुरक्षामा निजी सुरक्षा कम्पनीहरूले भूमिका निर्वाह गर्नेछन् भने इजरायली सुरक्षाकर्मीहरू टाढाबाट सुरक्षा दिने जिम्मेवारीमा रहनेछन् ।

युद्धका कारण उत्पन्न मानवीय सङ्कटका बारेमा टिप्पणी गर्दै उनले भने, “यहाँ मानवीय अवस्था गम्भीर छ भन्ने हामीलाई स्पष्ट थाहा छ, त्यसैले हामीले सहायता कार्यक्रमलाई यथासक्य छिटो अगाडि बढाउन आवश्यक देखिएको हो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once