Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
17.1 C
Kathmandu

राजावादी समर्थकको काठमाडौंमा प्रदर्शन

spot_img

काठमाडौं,२६ वैशाख । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ।

संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै आन्दोलनरत समिति शुक्रबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको हो। काठमाडौंको सुकेधाराबाट सुरु भएको र्‍याली महाराजगंञ्ज चोक, बालाजु, कलंकी हुँदै बल्खु पुगेर कोणसभामा परिणत भएको थियो। र्‍यालीमा सहभागीहरुले संवैधानिक राजसंस्था सनातन हिन्दु अधिराज्य पुनस्र्थापना गर, कुशासन र भ्रष्टाचारको अन्त्य गर, आस्थाका बन्दी रिहा गर लगाएका नारा लगाएका थिए।

कोणसभामा राप्रपाका नेपालका अध्यक्ष कमल थापाले आफूहरुको आन्दोलन देशको परिवर्तनका लागि भएकाले आफूहरुको आन्दोलनमा साथ दिन आह्वान गरे। हरेक आन्दोलनमा काठमाडौंले निर्णायक भूमिका निर्वाह गरेको भन्दै अबको परिवर्तनको निर्णायक आन्दोलनमा पनि सहभागी हुन उनले आग्रह गरे।

उनले चैत्र १५ गते काठमाडौंमा भएको शान्तिपूर्ण आन्दोलनमा राज्यले हस्तक्षेप गरेर दुई जनाको ज्यान गएको आरोप समेत लगाए। यसअघि समितिले जेठ १५ देखि राजसंस्था पुनःस्थापनाका लागि भन्दै अनिश्चितकालीन आन्दोलनको घोषणा समेत गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once