महिला टी–२० विश्वकप छनोटका लागि नेपाल आजबाट मैदानमा

spot_img

काठमाडैं,२६ वैशाख । महिला टी–२० विश्वकपको एशिया छनोट आजदेखि सुरु हुँदैछ, जसमा नेपाली राष्ट्रिय महिला टोलीले ऐतिहासिक उपलब्धिको लक्ष्यसहित आफ्नो अभियान प्रारम्भ गर्न लागेको हो। पहिलो खेलमा नेपालले आज बिहान ८:४५ बजे हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल यसपटक समूह ‘सी’ मा परेको छ, जसमा हङकङ र बहराइन उसका प्रतिस्पर्धी छन्। दोस्रो खेल नेपालले बैशाख २८ गते बहराइनसँग खेल्नेछ। त्यसपछि, तेस्रो तथा चौथो खेल क्रमशः बैशाख ३० र जेठ १ गते फेरि हङकङ र बहराइनसँग हुनेछ।

टी–२० विश्वकपको एशिया छनोटमा जम्मा ९ टोली सहभागी छन्। समूह ‘ए’ मा थाइल्यान्ड, कुवेत र भुटान छन् भने समूह ‘बी’ मा मलेशिया, कतार र यूएई रहेका छन्।

प्रत्येक समूहको विजेता टिम ‘सुपर थ्री’ चरणमा प्रवेश गर्नेछन्। यस चरणमा शीर्ष दुई टोलीले आगामी टी–२० विश्वकपका लागि हुने ग्लोबल छनोटमा स्थान बनाउने अवसर पाउनेछन्।

थाइल्यान्ड प्रस्थान गर्नुअघि नेपाली टोलीले भारतमा अभ्यास खेलहरू खेलेर तयारीलाई मजबुत बनाएको थियो। यद्यपि, नेपाली महिला टोलीले अहिलेसम्म एशिया छनोट पार गर्न भने सकेको छैन। यसपटक पहिलोपटक छनोट चरण पार गर्दै इतिहास रच्ने लक्ष्यसहित टोली मैदान उत्रिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once