Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
16.1 C
Kathmandu

अपरेसन सिन्दुर’पछि भारत-पाकिस्तान बीच युद्धको खतरा बढ्यो

spot_img

भारत । भारतले पाकिस्तानको भूमिमा हवाई हमला गरेपछि दुई देश बीचको तनाव अत्यधिक चर्किएको छ। बिहीबारसम्म युद्धको स्तरमा पुगेको तनावको कारण, पाकिस्तानमाथि भारतीय हवाई हमलाले गर्दा स्थिति थप गम्भीर भएको हो।

पाकिस्तानको भूमिमा हमलापछि भारतले पाकिस्तानका दर्जनभन्दा बढी स्थानमा ड्रोन हमला गरेको छ। यत्तिकै समयमा, पाकिस्तानले पनि भारतको सीमा क्षेत्रमा २५ भन्दा बढी ड्रोन खसालिदिएको छ। भारतको आक्रमणले पाकिस्तानका केही एयर डिफेन्स सिस्टमलाई ध्वस्त पारेको दाबी गरिएको छ।

भारतको एयर डिफेन्स सिस्टममाथि हमला गरेपछि युद्धको खतरा झनै बढेको हो। मंगलबार रातिको हमलासँगै सीमा क्षेत्रमा आक्रमणको सिलसिला बुधबार र बिहीबारसम्म जारी राखिएको छ। केही स्थानमा ठूला विस्फोटका आवाजहरू पनि सुनिएको छ। पाकिस्तानी सेनाले १५ वटा भारतीय सैन्य अड्डामा हमलाको प्रयास गरेको भारतको आरोप छ। पाकिस्तानी पक्षले पनि भारतीय सेनाबाट रातभर आक्रमण भएको बताएको छ।

पाकिस्तानले भारतका विभिन्न शहरहरूलाई लक्षित गरेर मिसाइल प्रहार गरेको छ। अवन्तिपोरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर र चन्डिगढका स्थानमा पाकिस्तानले मिसाइल प्रहार गरेको भारतीय रक्षा मन्त्रालयले जनायो। यसका प्रत्युत्तरमा, भारतीय सेनाले सीमा क्षेत्रमा एस–४०० एयर डिफेन्स सिस्टम तैनाथ गरेको छ।

भारतले पाकिस्तानभित्र सैन्य संरचनामा हमला गरेपछि पाकिस्तानी सेनाले कश्मीरस्थित नियन्त्रण रेखामा गोलाबारी गरेको थियो, जसमा केही भारतीय सैनिक घाइते भएका छन्। पाकिस्तानले कुपवाडा, बारामुला, उरी, पुँछ, मेंढर र राजौरी क्षेत्रमा गोलीबारी गरेको छ।

पाकिस्तानमाथि आक्रमणमा प्रयोग भएका २५ भन्दा बढी भारतीय ड्रोन पाकिस्तानी सेनाले खसालेका छन्। पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद चौधरीका अनुसार, इजरायली ड्रोनको प्रयोग गरेर भारतले पाकिस्तानको प्रमुख सैन्य अड्डा क्षेत्रलाई लक्षित गरेको हो। भारतीय सेनाले लाहौर, कराची र रावलपिण्डीका एयर डिफेन्स सिस्टम ध्वस्त पारेको दाबी गरेको छ।

भारत र पाकिस्तान बीच युद्धको खतरा बढ्न साथ, अमेरिकाले लाहौरस्थित आफ्नो वाणिज्य दूतावासका कर्मचारीलाई सुरक्षित स्थानमा जान आदेश दिएको छ। अमेरिकी विदेश मन्त्रालयले कर्मचारीलाई ड्रोन विस्फोट र हवाई हमलाको सम्भावना भन्दै सतर्कता अपनाउन सल्लाह दिएको छ। पाकिस्तानले भने भारतको आक्रमणमा चिनियाँ लडाकू विमानको प्रयोग भएको आरोप लगाएको छ, तर चीनले यसबारे कुनै जानकारी नभएको जनाएको छ।

सीएनएनका अनुसार, बुधबार राति भारत र पाकिस्तान बीच १२५ लडाकू विमानको सहयोगमा एक घन्टासम्म युद्ध भएको थियो। पाकिस्तानका जियो न्युजले सिन्ध क्षेत्रको खेन्जुमा ड्रोन खस्दा एक जनाको मृत्यु र अर्का एक जनाको घाइते भएको जनायो।

‘अपरेसन सिन्दुर’ पछि भारतीय सरकार र सेना उच्च सतर्कतामा रहेका छन्। बिहीबार सर्वदलीय बैठकपछि रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानमाथिको कारबाही निरन्तर जारी रहने बताएका छन्। भारतको रक्षा मन्त्री र प्रधानमन्त्री नरेन्द्र मोदीले सैन्य अपरेसनको विस्तारपूर्वक समीक्षा गर्दै आवश्यक तयारीमा रहेका अधिकारीहरूलाई निर्देशन दिएका छन्। विदेशमन्त्री एस जयशंकरले पनि पाकिस्तानको आक्रमणमा कडा जवाफ दिने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once