Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
23.1 C
Kathmandu

अनलाइन ठगीमा संलग्न ७ युवा पक्राउ, २ करोड ६३ लाखको ठगी आरोप

spot_img

जनकपुर,२५ वैशाख । अनलाइनमार्फत अढाई करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा सात जना युवा पक्राउ परेका छन्।

पक्राउ परेका युवकहरू धनुषा, महोत्तरी र सर्लाही जिल्लाका १९ देखि २३ वर्ष उमेर समूहका रहेका छन्। उनीहरूले सामाजिक सञ्जालमा नक्कली एकाउन्ट बनाएर ठगी गर्ने कार्य गर्दै आएको आरोपमा नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा नगरपालिका–७ का २२ वर्षीय नितेश कुमार साह, महोत्तरीको गौशाला नगरपालिका–१ का २२ वर्षीय रोशन साह, २१ वर्षीय सुधीर कुमार महतो, गौशाला–२ का १९ वर्षीय अमित साह, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ का २२ वर्षीय श्याम सुन्दर महरा र क्षीरेश्वरनाथ–१ का २० वर्षीय राम कुमार महरा रहेका छन्।

धनुषा प्रहरीले जानकारी दिएअनुसार, यी युवाहरू विभिन्न कुलतमा फसेका थिए र उनीहरूले अनलाइनमार्फत मोबाइल, लत्ता–कपडा जस्ता सामग्री सस्तोमा दिने भन्दै इन्स्टाग्राम, टिकटक, फेसबुक, ह्वाट्सएप लगायतका प्लेटफर्म प्रयोग गरी ठगी गर्दै आएका थिए। प्रहरी प्रवक्ता, नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार, पक्राउ परेकाहरूले २१ वटा सामाजिक सञ्जाल एकाउन्ट र पेजहरूको प्रयोग गरेर ठगी गरेका थिए। उनीहरूले वस्तु किन्ने बहानामा अग्रिम भुक्तानी माग्ने र पैसा प्राप्त भएपछि सम्बन्धविच्छेद (ब्लक) गरी सम्पर्कविहीन हुने गरेका थिए।

यसबाहेक, उनीहरूले गाउँघरका आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई रकमको लोभ देखाएर तिनीहरूकै नाममा बैंक, वित्तीय संस्था तथा वालेट एकाउन्टहरू खोलेका थिए। त्यसपछि ती खातामार्फत मोबाइल बैंकिङ सञ्चालन गरी ठगी रकम जम्मा गर्ने गर्थे। पक्राउ परेका युवाहरूको साथबाट विभिन्न बैंक र वालेटका गरी १८७ खाताहरूको विवरण फेला परेको छ। ती खातामार्फत हालसम्म २ करोड ६३ लाख ९३ हजार १९२ रुपैयाँ बराबरको कारोबार भएको तथ्य फेला परेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once