Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
spot_img
23.1 C
Kathmandu

हत्या आरोपमा एक व्यक्ति पक्राउ

spot_img

काठमाडौं,२५ वैशाख । व्यक्ति हत्या र ज्यान मार्ने उद्योगका एक आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२३ बस्ने ५५ वर्षीय रामदहिन महतो भन्ने गुजरा महतो छन् ।

महतो समेतले गत चैत २ गते चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीय आशु यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।

सोही ठाउँ बस्ने रूपेश कुमार यादव घाइते भएका थिए ।

हत्या र ज्यान मार्ने उद्योगमा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले धनौजी गाउँपालिका–४ बाट पक्राउ गरेको हो । हत्या र ज्यान मार्ने उद्योगको कसुरमा उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once