Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
23.1 C
Kathmandu

वीरगंजमा रेडक्रस दिवसको भव्य उत्सव

spot_img

वीरगंज,२५ वैशाख । नेपाल रेडक्रस सोसाइटी बीरगन्ज शाखाले “मानवताको पक्षमा” भन्ने नाराका साथ विश्व रेडक्रस दिवस भव्य रूपमा मनाएको छ। सन् १८६३ मा रेडक्रस अभियान सुरु गरेका संस्थापक जा हेनरी ड्युनाको जन्म दिवसको अवसरमा हरेक वर्ष विश्वभर विभिन्न कार्यक्रमहरू आयोजना गरिँदै आइरहेको छ।

कार्यक्रमको उद्घाटन शाखा सभापति बृजकिशोर पटेलले झन्डा तोलन, दीप प्रज्वलन, टीका र फूलमालासहित गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै उनले रेडक्रसको मानवीय सेवाको महत्वमाथि प्रकाश पार्दै सबैलाई सहयोग र सेवाभावमा समर्पित हुन आग्रह गरे।

शाखा सभापति पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शाखा प्रमुख बिरशमसेर कुर्मीले गरेका थिए।
महिला सदस्य मुना कुमारी खनालको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, लक्ष्मी राउत, राजन श्रीवास्तव, मिना क्षेत्री, श्याम गुप्ता, उमेश गुप्ता, प्रदीप गुप्ता, हरिन्द्र साह, अमन गुरुवाचार्य, हरि राउत, राजु साहलगायतका स्वयंसेवक तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once