Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
24.1 C
Kathmandu

हामीले पनि एमालेले जस्तै सडकमा मञ्च बनाएर सभा गर्न पाउनुपर्छ : प्रभु साह

spot_img

काठमाडौँ,७,मंसिर । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सडकमा मञ्च बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता फैलाएको टिप्पणी गरेका छन् ।

काठमाडौँमा प्रदर्शनका साथै अतिव्यस्त दरबारमार्गमा सभा गरेर प्रधानमन्त्री ओलीले अराजकता फैलाएको उनले आरोप लगाएका हुन् ।

आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा आज सञ्चारकर्मीसँगको भेटघाटमा अध्यक्ष साहले प्रधानमन्त्री ओलीसँग प्रश्न गर्दै भने, ‘के सडक सभा गर्नका लागि हो ?’ सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली सत्तामा भएको बेला सडकमा शक्ति प्रदर्शन कसका विरोधमा गरेको हो भनेर प्रश्न समेत उनले गरे ।

विगतमा पनि एमालेले दरबारमार्गमा यस्तै प्रदर्शन र सभा गर्दै आएको भन्दै उनले एमालेको नारायणहिटी अगाडिको मोहले आफूलाई अचम्म लागेको पनि बताए । यस्तै एमालेले पाउने हो भने आफ्नो पार्टीले त्यसैगरी सडकमा मञ्च बनाएर सभा गर्न पाउने कि नपाउने भन्दै प्रश्न पनि गरे ।

‘हाम्रो पार्टीले पनि सडकमा मञ्च बनाएर सभा गर्न किन नपाउने ?’ भन्दै उनले प्रश्न गरे ।

सिंहदरबार र बालुवाटारमा बसेर बालकोट जस्तै तमासा देखाउन नपाइने बताउँदै साहले भने, ‘यदि तपाईँलाई चल्नै गाह्रो हो भने प्रधानमन्त्रीजी सिंहदरबारमा, बालुवाटारमा बसेर बालकोट जस्तै तमासा देखाउन पाइँदैन । तपाई बालकोटमा जानुस्, बार्दलीबाटै तमासा देखाउनुस् । अति व्यस्त दरबारमार्गमा जनतालाई दुख दिन पाइँदैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once