काठमाडौं,७ मंसिर । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले ठूलै शक्ति परिचालन गरेर दरबार मार्गमा जागरणसभा गरेको छ । यो सभा गर्न दुई सातादेखि नेताहरू खटिएका थिए ।
नागरिकमा बढ्दो निराशा र अराजकताका कारण विधिको शासन र कानुनी राज्य कमजोर बनिरहेको निष्कर्ष सहित एमालेले सभा गर्नुपरेको बताएको थियो ।
तर, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सभा मार्फत् नागरिकमा आशा जगाउने नभएर प्रष्टोक्ति दिन समय खर्चिए । प्रधानमन्त्री ओलीको मुख्य जोड यो सरकारको स्थायित्वप्रति विश्वास दिलाउने थियो ।
‘२०८४ सालको मंसिरसम्म अहिलेको समीकरण रहन्छ, सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ’ प्रधानमन्त्रीले भनेका थिए । तर, यो सरकारको विपक्षमा रहनेहरूले सरकार ढल्ने भाका सारिरहेको बताए । । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले ठूलै शक्ति परिचालन गरेर दरबार मार्गमा जागरणसभा गरेको छ । यो सभा गर्न दुई सातादेखि नेताहरू खटिएका थिए ।
नागरिकमा बढ्दो निराशा र अराजकताका कारण विधिको शासन र कानुनी राज्य कमजोर बनिरहेको निष्कर्ष सहित एमालेले सभा गर्नुपरेको बताएको थियो ।
तर, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सभा मार्फत् नागरिकमा आशा जगाउने नभएर प्रष्टोक्ति दिन समय खर्चिए । प्रधानमन्त्री ओलीको मुख्य जोड यो सरकारको स्थायित्वप्रति विश्वास दिलाउने थियो ।
‘२०८४ सालको मंसिरसम्म अहिलेको समीकरण रहन्छ, सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ’ प्रधानमन्त्रीले भनेका थिए । तर, यो सरकारको विपक्षमा रहनेहरूले सरकार ढल्ने भाका सारिरहेको बताए ।