Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
spot_img
24.1 C
Kathmandu

दलित संघ केन्द्रिय तदर्थ समिति अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण

spot_img

काठमाडौँ,२५ कत्तिक । सत्तारूढ दल नेपाली कांग्रेसले एक कार्यक्रमको आयोजना गरी दलित संघ केन्द्रिय अध्यक्ष तथा सदस्यहरूलाई प्रमाण पत्र वितरण गरेको छ । आइतबार पार्टी मुख्य कार्यालय सानेपामा कार्यक्रमको आयोजना गरि संघको केन्द्रिय समिति अध्यक्ष तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको हो ।

उनीहरूलाई पार्टी उपसभामुख पूर्णबहादुर खड्का‚ महामन्त्री गगनकुमार थापा‚ सहमहामन्त्री जीवन परियार लगायतले प्रमाणपत्र वितरण गरेका हुन् । सभापति शेरबहादुर देउवाले असोज १३ गते नेपाल दलित संघको तदर्थ समिति अध्यक्षमा लोकबहादुर विश्वकर्मालाई चयन गरेका थिए ।

असोज १६ गते देउवाले विश्वकर्माको अध्यक्षतामा २४० सदस्य थप्दै समिति विस्तार गरेका थिए । उनीहरूलाई आज प्रमाणपत्र वितरण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once