Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img
18.1 C
Kathmandu

नेपाली ६ लाख सहित एक जना सशस्त्र प्रहरीको नियन्त्रणमा

spot_img

वीरगन्ज, ३० जेठ । स्रोत खुल्न नसकेको रकमसहित बीरगन्जबाट एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको प्रहरीले टोलीले महानगरपालिका–१६ भन्सार ईलाकामा भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेको एक जनालाई स्रोत खुल्न नसकेको ६ लाख नेपाली रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

रक्सौलबाट नेपालको वीरगन्जतर्फ आउँदै गरेको बि.६ एआर ९४११ भारतीय नम्बरको मोटरसाइकलमा आउँदै गरेको तथा मोटरसाइकलमा सवार व्याक्त्तिलाई चेकजाँच गर्ने क्रममा हेल्मेट भित्र लकाईछिपाई ल्याएको स्रोत खुल्न नसकेको नेपाली ६ लाख रुपैयाँ फेला परेको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

नेपाली रुपैयाँ र भारतीय नम्बरको मोटरसाइकल सहित नियन्त्रिणमा लिएको उनलाई कारवाहीको लागि भन्सार कार्यालय वीरगन्जमा बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once