पटेर्वा सुगौलि (पर्सा), २५ पुस । पटेर्वा सुगौलि गाउपालिकामा आजदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको एक कार्यक्रमबीच उद्बाटन गरिएको गाउपालिका अध्यक्ष चौधारीले जानकारी दिए।
उद्घाटनमा पटेर्वा सुगौलि गाउपालिका अध्यक्ष दिनेश कुमार चौधारी, उपअध्यक्ष ममता महतो, बडा अध्यक्ष फरमान अन्सारी, शिक्षा प्रमुख शोलेन्द्र पन्जियार उपस्थित थिए।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी र दौड खेलहरू खेलाइनेछन्। प्रतियोगितामा गाउँपालिकाभित्रका ७ विद्यालय सहभागी छन्।

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुनेलाई शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ। भने तेस्रो हुनेलाई शिल्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ।





