Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026
spot_img
22.1 C
Kathmandu

बीरगन्जमा जारी टि-२० क्रिकेट: नाेयडासंग युपी ७ विकेटले पराजित

spot_img

बीरगन्ज,१० पुस । बीरगन्जमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तरगत मंगलबार भएकाे पहिलो खेलमा भारतकाे वन्डर्स क्लब नोयडा विजयी भएकाे छ।नाेयडाले भारतकै युपी– ११ लाई ७ विकेटले हराएकाे हाे।

नारायणी रंगशालाकाे क्रिकेट मैदानमा भएको खेलमा युपी–११ ले दिएको ११५ रनको लक्ष्य नोयडाले १५ ओभर खेल्दै केवल ३ विकेटको क्षतिमा पूरा गर्याे।

नोयडाका लागि हर्षित सेठील सर्वाधिक अविजित ४५ रनकाे याेगदान दिए ।उनले ३१ बलमा ४५ रन बनाए। सिद्धार्थ गोस्वामीले २२ बलमा २७ रन र उजैर मल्लिकले २६ बलमा २२ रन जोडे।

बलिङतर्फ युपी–११ का सत्या तिवारी एक्लैले दुई विकेट लिए भने सहिम हसनले एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको युपी– ११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११४ रन बनाएको थियाे। युपी– ११ का लागि जयदीप सिंहले ३२ बलमा २३ रन,अत्समास आलमले १४ बलमा १६ रन र समीर अन्सारीले १८ बलमा १४ रन बनाए।
बलिङतर्फ नोयडाका सञ्जीव चतुर्वेदी र शशांक शेखरले समान दुई- दुई विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once