Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
19.1 C
Kathmandu

सरसफाई प्रभावकारी बनाउन वीरगंज महानगरले ल्यायो ‘सफा नेपाल एप’

spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले शहरको सरसफाइ र स्वच्छता अभियानलाई अझ प्रभावकारी बनाउन सफा नेपाल नामक एप निर्माण गरि शुक्रबारदेखि शुभारम्भ गरेको छ । शुक्रबार साँझ आदर्शनगरमा एक समारोह आयोजना गरेर महानगरपालिकाले सफा नेपाल नामक एपको शुभारम्भ गरेको हो । समारोहमा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले संयुक्त रुपमा ल्यापटमा कि बोर्डको बटम थिचेर उक्त एपको औपचारिक रुपमा शुभारम्भ गरेका हुन् । द एशिया फाउण्डेशन र क्लीन नेपालको प्राविधिक सहयोगमा वीरगंज महानगरपालिकाले उक्त एप निर्माण गरेको हो । वीरगंज शहरलाई सफा, स्वच्छ र सुन्दर बनाउन महानगरले जारी राखेको सरसफाइ एंव स्वच्छता अभियानमा वीरगंज सम्पूण नगरवासीलाइ जोड्ने उदेश्यले उक्त एप निर्माण गरि शुक्रबार देखि सन्चालनमा ल्याइएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताए । उक्त एपमा जोडिने प्रयोगकर्तले कहि कतैं कसैले घर वा पसलको फोहोर सडक, पेटी, नाला वा खाली जग्गामा फालेको भेटिए फोटो खिचेर त्यस बारे एपमा पठाउन सक्ने र त्यसको नोटिफिकेशन आए लगत्तै महानगरको टोली तत्कालै कारबाहीका लागि सम्बन्धित ठाँउमा पुग्नेछ ।
त्यसरी पुग्ने महानगरको टोलीले पहिलोपटकमा १ हजार, दोश्रो पटकमा ५ हजार रुपैयाँ र त्यसपछि दोहोरिएमा जरीवानाको रकम बढाउँदै कारबाही गर्ने नीति महानगरले लिएको छ । फोहोर गर्ने व्याक्ति वा संस्थाका बारे एप मार्फत सुचना दिने व्याक्तिको परिचय भने महानगरले गोप्य राख्ने र सुचना दिने व्याक्तिलाई असुल हुने जरीवाना रकमको केहि प्रतिशत रकम पुरस्कारका रुपमा प्रदान गर्ने पनि प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए बताए । शहरको सरसफाई र स्वच्छताका लागि महानगरले केहि महिना यता देखि जारी राखेको सरसफाई अभियानलाई अझ प्रभावकारी बनाउन र उक्त अभियानमा हरेक नगरवासीलाई जोडनकै लागि यो एप शुभारम्भ गरिएको उनले बताए ।
एप लन्च समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख राजेशमान सिंहले वीरगंज शहरको सरसफाई र स्वच्छता आफ्नो मुख्य प्राथमिकतामा रहेको भन्दै शुक्रबार साँझ देखि शुभारम्भ गरिएको एपमा हरेक नगरवासी जोडिने हो भने सरसफाई र स्वच्छताको सवालमा एक वर्षभित्रै वीरगंज शहरको मुहार फेरिने बताए ।
उनले केहि महिना यता महानगरले शहरका मेनरोडमा थालेको सरसफाइ अभियान अब भित्री टोल र गल्लीहरुमा पनि सन्चालन गरिने बताए । महानगरका सबै वडाका वडाध्यक्षहरुलाई पनि जनतका समस्या र आवश्यकता प्रति सचेत गराउदै मेयर सिंहले भने ,‘ वीरगंजलाई बनाउने दायित्व हामीसबैको हो, त्यसका कारण तपाईहरु अझ थप मेहनत गर्नुस्, जनतालाई ध्यानमा राख्नुस् ।
आफुले नेतृत्व सम्हालेको १० महिनामै वीरगंजवासीले परिवर्तनको अनुभूती गर्न थालिसकेको भन्दै उनले भने,‘ म अरु जस्तो ५ वर्ष कुर्ने अवस्थामा छैन, ३ वर्ष मै हरेक दृष्टिकोणबाट वीरगंजको मुहार फेर्नुछ भनेर लागेकोछु, यसमा सबैको साथ र सहयोग आवश्यक छ ।
वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त समारोहमा वीरगंजका उपमेयर इम्तियाज आलम, वडाअध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once