Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
19.1 C
Kathmandu

रिप्रोडेक्टिभ हेल्थ परियोजनाको जिल्ला स्तरीय स्थापना बैठक

spot_img

वीरगंज । स्वास्थ्य कार्यालय पर्साको अगुवाईमा युएसएआईडि एडोलेसेन्ट रिप्रोडेक्टिभ हेल्थ परियोजनाको जिल्ला स्तरीय स्थापना बैठक बुधबार वीरगंजमा सम्पन्न भएको छ । केयर नेपालको नेतृत्वमा एवाईओएन, एचडिआई, झपिएगो एण्ड नेपाल सिआरएस कम्पनीसंगको संयुक्त साझेदारीमा साविकको दिव्य युवा क्लब पर्सा तथा हालको दिव्य विकास स्रोत केन्द्र पर्साद्वारा बैठक सम्पन्न भएको हो ।
बैठकका प्रमुख अतिथी तथा बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह कलवारले किशोर किशोरीहरुको उपचार तथा सेवाको लागी स्थानिय सरकार नै जिम्मेवार रहेको बताए । उनले आफ्नो नगरपालिकाका ८ वटा स्वास्थ्य संस्थामा किशोरीहरुको उपचारका लागी दुई दुई वटाको दरले १६ वटा गोप्य कोठा, आर्थिक बर्ष २०८०/०८१ को बजेटबाट निमार्ण गराउने प्रतिबद्धता समेत जनाए । बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले किशोरीहरुमा देखिएको समस्या हामी सबैले समन्वय, सहकार्य गरी लागी पर्यौ भन्ने सजिल्लै निराकरण हुन सक्ने बताए । जिल्ला समन्वय समिती पर्साका उपसभापति पुरन पटेलको अध्यक्षतामा सम्पन्न बैठकमा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, एआरएच परोजेक्टका दानबहादुर खड्का लगायतकाले मन्तब्य राखेका थिए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रजनन् स्वास्थ्य कार्यक्रमका जिम्मेवार व्यक्ति बालकिशोर यादव र दिब्य विकास स्रोत केन्द्रका संयोजक सुरेन्द्र चौरसियाले कार्यक्रमको प्रस्तुती गरेका थिए । कार्यक्रममा बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख परतिनिधीहरुको सहभागीता रहेको थियो भन्ने कार्यक्रमको सहजीकरण दिव्य विकास स्रोत केन्द्रकी कोपीला चौलागाई साहले गरेका थिइन ।
१० देखि १९ वर्षका सिमान्तकृत समुदाय लगायतका किशोर किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार हासिल गर्न सक्षम बनाउन, सशक्तीकरण गराउने उदेश्यले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका, पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका तथा पर्सा गढी नगरपालिकामा परियोजना संचालन भई रहेको दिव्य विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक रामाकान्त पटेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once