Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026
spot_img
19.1 C
Kathmandu

हिन्दू धर्म संरक्षणका लागि सामूहिक हनुमान चालीसाको पाठ

spot_img

वीरगंज । हिन्दू धर्म संस्कृतिको संरक्षणका लागि वीरगञ्जका युवाहरुले चिया पसल अगाडि सामूहिक हनुमान चालीसाको पाठ गरेका छन् ।
वीरगञ्जको केन्द्रमा रहेको महावीरस्थान मन्दिर छेउमा रहेको चिया पसल अगाडि मंगलबार बिहान सनातन धर्म प्रति आस्था राख्ने युवाहरूले सामूहिक हनुमान चालीसाको पाठ गरेका हुन् । मंगलबार भगवान हनुमानको लागि विशेष दिन रहेको मान्यता छ । त्यसैकारण मंगलबार बिहान स्वेच्छाले मन्दिर दर्शन गर्न पुगेका युवाहरूको समूहले सामूहिक हनुमान चालीसाको पाठ गरेको युवा समाजसेवी एवम् मानवसेवा आश्रमका प्रतिनिधि देवेश गुप्ताले बताए ।
युवाहरुले अब प्रत्येक मंगलबार यसैगरी नै हनुमान चालिसाको पाठ गर्ने योजना पनि बनाएको गुप्ताले जानकारी गराए । उनले भने, ‘आफ्नो धर्मप्रति सबै जागरुक हुन् भन्ने हाम्रो मुख्य उदेश्य हो, त्यसैले एउटा नौलो प्रयास स्वरूप यसरी जम्मा भएर हनुमान चालिसाको पाठ गर्न सुरु गरेका छौँ ।’ सातामा केहि घण्टा आफ्ना धर्मका लागि खर्च गर्दै साथीभाइसँग भेटघाटको राम्रो माध्यम रहेको अनुभूती भइरहेको पाठमा सहभागी रिसभ राज अग्रवालले बताए ।
हनुमान चालीसा पाठ गर्ने समूहमा श्याम सर्राफ, रिसभ अग्रवाल, बिक्की सर्राफ, ओमकुमार झा, सौर्या सर्राफलगायत विभिन्न संघ संस्थाका युवाहरूको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once