Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026
spot_img
29.1 C
Kathmandu

श्रोत नखुलेको २० लाख रकम सहित एकजना पक्राउ

spot_img

वीरगंज, १९ माघ । पर्सा प्रहरीले श्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा विश्रामपुर गाउँपालिका वडा नं. ४ निवासी २७ वर्षीय श्याम किशोर प्रसाद साह रहेका छन् ।
वीरगंज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोक स्थित सडक खण्डमा खटिएको चेकजाँचको टोलीले प्रदेश २–०३–०११ प ६३४३ नम्बरको मोटरसाइकल चालक शंकास्पद रुपमा सवार भई आइरहेको हुँदा मोटरसाइकल रोकी चेकजाँच गर्दा निजको साथबाट श्रोत नखुलेको १ हजारको दरका १६ सय थान र ५ सयका दरको रुपैया ८ सय थान गरि २० लाख रुपैया बरामद भएको थियो ।
बरामद गरिएको रकमको श्रोत नखुलेपछि प्रहरीले निजलाई नियन्त्रणमा लिई थप चेकजाँच गर्दा निजको साथबाट मोबाइल २ थान बरामद भएको थियो । बरामद भएको मोबाइल, मोटरसाइकल र श्रोत नखुलेको रकम सहित पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखि बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसुरमा थप अनुसन्धान भइरहेको पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once