Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
25.1 C
Kathmandu

२१ लाख भन्दा बढिको मसालाजन्य सामाग्री सहित ट्रक नियन्त्रणमा

spot_img

वीरगंज, १६ माघ । पर्सा प्रहरीले बिलबिजकभन्दा बढी मसलाका सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ रेल्वे सडक खण्डबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ग २ ख ५७१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
बिलविजकभन्दा बढी धनिया, सुख्का खुर्सानी तथा जिरा लगायतका सामाग्रीसहितको ट्रक वीरगञ्जबाट काठमाण्डौ जाँदै गरेको सूचनाको आधारमा प्रहरीले चेकजाँच गरेको हो । चेकजाँचको क्रममा बिलविजक शंकास्पद देखिएपछि नियन्त्रणमा लिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए । उनका अनुसार नियन्त्रीत सामाग्री २१ लख १२ हजार ३ सय ६३ रुपैयाँ मूल्य बराबरको छ ।
नियन्त्रीत मसालाका सामाग्रीलाई ट्रकसहित आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once