Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026
spot_img
20.1 C
Kathmandu

नेता अजय चौरसियाको पक्षमा मत माग्न वीरगन्जका महिलाहरु पनि उत्रिए चुनावी प्रचारमा

spot_img

वीरगञ्ज ३ कार्तिक

पर्सा क्षेत्र नम्बर २ मा सत्तागठबनन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्यका साझा उम्मेदवार अजय चौरसियालाईको पक्षमा मत माग्न महिलाहरु पनि चुनावी प्रचारमा उत्रिएका छन् । पर्सा २ मा सत्तागठबन्धनबाट प्रतिनिधीसभा सदस्यमा काँग्रेसका अजय चौरसिया र प्रदेशसभा ससदस्यमा लोसपाका रमेश कुर्मी उम्मेदवार छन् । बिहीबार वीरगन्ज महानगरपालिका वडा नम्बर १० को घडीअर्वा , अशोकवाटिका , रानीघाट र आदर्शनगरमा सत्तागठबन्धनले सन्चालन गरेको चुनावी घरदैलो कार्यक्रममा महिला मतदाताहरु ऋाफै सहभागी भइ पसार्न २ मा चौरसियाको पक्षमा मत मागेका थिए ।

क्षेत्रको विकासमा लागि पर्ने चौरसियाले जनताको सुखदुखमा सधैं साथ दिदै आएकाले यसपालिको चुनावमा उनलाई जिताउन आफुहरु चुनावी प्रचारमा लागेको महिला मतदाताहरुको भनाई थियो । महिलाहरुले काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियाले महिला सशक्तिकरणका लागि पनि विगतमा काम गरेकाले आफुहरुको भरोसा उनि माथि नै भएको प्रतिक्रिया पनि दिए । चुनावी घरदैलो कार्यक्रममा उम्मेदवारद्वय चौरसिया र कुर्मीका साथै प्रदेश सरकारका पूर्वमन्त्री ओम प्रकाश शर्मा , पूर्ब वडाध्यक्ष रामनगीना साह कानु , काँग्रेस नेताहरु श्याम पोखरेल , राकेश सिंह , दिना गुप्ता , विजय सर्राफ , भोला कलवार , बैकुण्ठ श्रीवास्तव , क्षेत्रीय सचिव रन्जित पटेल ,नगर सभापति मणिन्द्रलाल नेपाली , नगर उपसभापति सन्तोष गुप्ता , नगर सहसचिव दिपक साह ,युवा नेता राकेश साह , धिरज गुप्ता ,महिला नेतृहरु रम्भा मिश्रा, रुपा श्रेष्ठ , सन्तोष देवी खतिवडा लगायतको पनि सहभागीता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once