पटेर्वा सुगौली गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट पारित

spot_img

पर्सा । पर्साको पटेर्वा सुगौली गाँउपालिकाको दोश्रो कार्यकालको गाँउसभाबाट बजेट कार्यक्रम तथा निर्णयहरुको सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ । गाँउसभामा गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तोले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४२ करोड २० लाख रुपैया बराबरको बजेट सार्वजनिक गरिन् । पटेर्वासुगौली गाँउपालिकाले पर्यटन पूर्वाधार विकासका संगै स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रलाइ मुख्य प्राथमिकतामा राखिएको उपाध्यक्ष महतोले जानकारी दिइन् ।

भौतिक पुर्वधार बिकास तर्फ पहिलो प्राथमिकता गाउँपालिका भवन र गाउँपालिका क्षेत्र भित्र बाटो घाटो मा कालोपत्र गर्ने र पालिकाभरीका किसानलाइ पशुपालन बिमा सेवा निशुल्क उपलब्ध गराइने, विपन्न तथा दलित छात्रछात्राको उच्च शिक्षाका लागि छात्रवृतिको व्यवस्था गरिने, पालिकाभरका सबै माविमा विषयगत शिक्षकको व्यवस्था गरिने, एक विद्यालय एक कम्प्युटर एक प्रिन्टर, कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पठन पाठन संचालनमा ल्याउने उनले बताइन ।

गाउँसभा गाउँपालिका अध्यक्ष दिनेशकुमार चौधरीले पटेर्वासुगौली गाउँपालिकामा आउने सेवाग्राही हरुको काम छिटो र छरितो गर्न कर्मचारीलाई निर्देशन दिए । विकासको काममा जनप्रतिनिधि र कर्मचारीहरु को सहकार्य र सहयोग बिना बिकास को गतिलिन सक्दैन , कर्मचारी हरु लाई ईमानदारी पुर्वक लाग्न आग्रह समेत गरेका छन् । सबै जना हातोमालो गरेर सम्यमा विकासको काम चैत महिना सम्म सकाउन र फ्रिज हुनबाट बचाउन समेत उनले आग्रह गरे । साथै उनले गाउँपालिकामा राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने बताए ।

कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रसाशकीय अधिकृत सन्देशकुमार यादवले गरेका थिए । कार्यक्रममा वडाध्यक्ष फरमान मियाँ, विजय गैरे, माधव महतो थारु, बासु पंजियार, बिपिन मुखिया बिन, कार्यपालिका सदस्य, गाउँ सभा सदस्य, कमर्चारी, पत्रकारलगायतको सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन शिक्षा प्रमुख शम्भु साहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once