पर्सामा संचालित कुखुरा फर्मका कुखुराहरुमा वर्डफ्लु संक्रमण पुष्टि

spot_img

वीरगन्ज (पर्सा), २९ फागुन । 
पर्सामा संचालित कुखुरा फर्ममहरुमा पालिएका कुखुराहरुमा वर्डफ्लू संक्रमण फेला परेको छ । वीरगन्ज महानगरपालिका वडा नं. १५ भेडियाही स्थित रत्नेश सिंहले संचालन गरेको कुखुरा फर्ममा रहेका बोइलर कुखुराहरुमा बर्डफ्लू संक्रमण पुष्टि भएको हो । सिंहले पालेको बोइलर कुखुराहरुको केन्द्रिय पशुपँक्षी रोग निर्देशनालय प्रयोगशाला त्रिपुरेश्वरबाट चेकजाँच गर्दा वर्डफ्लु प्रमाणित भएपछि यही फागुन २५ गते जानकारी आएअनुसार उक्त कुखुरा फर्मलाई कानूनी प्रक्रिया अनुसार नियन्त्रणमा लिएर संक्रमित जिउँदो कुखुराहरुलाई नष्ट गरिएको छ ।
वर्डफ्लु संक्रमणबाट उक्त कुखुरा फर्ममा रहेका १ हजार ९ सय वटा कुखुरा मरेका छन् । फर्ममा रहेका कुखुराहरु बर्डफ्लू संक्रमणले मर्न थालेपछि उक्त कुखुराहरुलाई चेकजाँचको लागि काठमाडौं स्थित केन्द्रिय पशुपँक्षी रोग निर्देशनालय प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाबाट संक्रमण पुष्टि भएपछि उक्त फर्ममा रहेका बाँकी जीउदो कुखुरा र पंक्षीजन्य वस्तुहरु प्रहरीको रोहबारमा नष्ट गरिएको भेटनरी अस्पताल तथा पशु सेवा केन्द्र वीरगन्जका प्रमुख रामकिशोर साहले जानकारी दिए । जिल्ला पशु क्वारेन्टाइन कार्यालय पर्साबाट डाक्टर हरेराम यादवको नेतृत्वमा खटिएको पशु प्राविधिकहरुको टोलीले उक्त फर्ममा रहेका जीउदो ३० वटा कुखुरा, अण्डा २ हजार पिस, दाना ३ सय केजी, अण्डाको खाली क्रेट ३ हजार थान र संक्रमणले मरेका १ हजार ९ सय वटा कुखुरा खाल्डोमा पुरेर नष्ट गरेको थियो । भेडियाहीको कुखुरा फर्मका कुखुराहरुमा बर्डफ्लू संक्रमण भेटिएपछि वीरगन्ज र यस आसपासका अन्य कुखुरा फर्महरुमा पुगेर अनुगमन र परिक्षण गर्ने कार्यलाई पनि तिब्रता दिइएको छ । भेडियाही स्थित कुखुरा फर्ममा वर्डफ्लु संक्रमण पुष्टि भएपनि जिल्लामा रहेका अन्य कुखुरा फर्महरुमा हालसम्म कुनै किसिमको संक्रमण पुष्टि नभएकोले अन्य ठाउँका कुखुराको मासु सर्वसाधारणले खान सक्ने प्रमुख साहको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once