रेडक्रसको केन्द्रीय सदस्य बनेका सर्राफलाई RCAT को स्वागत

spot_img

वीरगंज,०६ असोज । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत पर्साका विक्की कुमार सर्राफलाई नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत गठित रेडक्रस एक्सन टिम (RCAT) ले स्वागत तथा शुभकामना व्यक्त गरेको छ ।

सामाजिक तथा मानवीय सेवामा सक्रिय सर्राफलाई नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिमा जिम्मेवारी प्राप्त भएको अवसरमा RCAT ले स्वागत कार्यक्रम आयोजना गरी उहाँको सफल कार्यकालको शुभकामना दिएको हो । कार्यक्रममा सहभागीहरूले सर्राफले आगामी दिनमा सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए । व्यवसायसँगै सामाजिक सेवामा समेत सक्रिय सर्राफले विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा योगदान पुर्‍याउँदै आउनुभएको छ । उहाँको व्यावसायिक यात्रा भने वीरगंजका सडक पेटीबाट कपडा व्यापार गर्दै सुरु भएको थियो । प्रारम्भिक चरणमा सडक पेटीमा कपडा व्यापारबाट सुरु भएको व्यवसायलाई निरन्तरको मेहनत, लगनशीलता र संघर्षमार्फत विस्तार गर्दै उहाँ स्थापित व्यवसायीका रूपमा पहिचान बनाउन सफल हुनुभएको हो ।

सामान्य अवस्थाबाट व्यावसायिक यात्रा सुरु गरेका सर्राफ अहिले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको सदस्यको जिम्मेवारीसम्म पुग्नुभएको विषयलाई कार्यक्रममा सहभागीहरूले उल्लेखनीय उपलब्धिका रूपमा चर्चा गरेका थिए । सडक पेटीबाट सुरु भएको व्यवसायिक यात्रादेखि सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा सक्रिय हुँदै रेडक्रसको केन्द्रीय जिम्मेवारीसम्म पुग्नु उहाँको निरन्तरको मेहनत र सामाजिक सक्रियताको उदाहरण भएको सहभागीहरूको भनाइ थियो । सर्राफले व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि आफ्नो सक्रियता बढाउँदै आउनुभएको छ । मानवीय सेवामा केन्द्रित रेडक्रस अभियानसँग जोडिएर प्राप्त भएको केन्द्रीय जिम्मेवारीले उहाँलाई सामाजिक सेवामा थप भूमिका निर्वाह गर्ने अवसरसमेत प्रदान गरेको कार्यक्रममा सहभागीहरूले बताएका थिए ।

वीरगंजस्थित होटल गेट्वेमा आयोजित स्वागत तथा शुभकामना कार्यक्रम RCAT संयोजक राहुल पटेलको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री विनोद गिरी, कोषाध्यक्ष दयाशंकर सिंह, जिल्ला सदस्य शिवनाथ यादवलगायतको उपस्थिति थियो । त्यसैगरी अमन पटेल, राजु साह, रुचि कुमारी, कुबेर कार्की, अरविन्द पटेल, आर्या ओली, लक्ष्मीनारायण राउत, मिना क्षेत्री, सन्तोष पटेल र राजन श्रीवास्तवलगायत सहभागी थिए ।

कार्यक्रममा सर्राफको नयाँ जिम्मेवारीप्रति शुभकामना व्यक्त गर्दै सहभागीहरूले उहाँको कार्यकाल सफल र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका थिए । सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तिका रूपमा सर्राफले केन्द्रीय कार्यसमितिको जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्ने अपेक्षा समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once