दुर्गा प्रसाईं पक्राउ, भक्तपुर प्रहरी परिसरको बालमैत्री कक्षमा राखियो

spot_img

काठमाडौं,१८ साउन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी परिसर, भक्तपुरमा राखेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका एक जना अधिकृतका अनुसार प्रसाईंलाई परिसरको बालमैत्री कक्षमा छुट्टै राखिएको छ। अन्य थुनुवासँग नराखी उनलाई अलग्गै राखिएको जनाइएको छ।

भक्तपुरका प्रहरी प्रमुख एसपी सूर्य खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले आइतबार राति करिब साढे १० बजे प्रसाईंलाई भक्तपुरको निकोसेरास्थित उनको निवासबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार प्रसाईंमाथि शान्ति सुरक्षा भङ्ग गरेको आरोप लगाइएको छ। उनले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै आन्दोलन गर्ने घोषणा गरेका थिए। आन्दोलनको घोषणा गरेलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रसाईंले नेतृत्व गर्दै आएको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले विभिन्न राजनीतिक तथा सामाजिक मुद्दा उठाउँदै आएको छ। उनको पक्राउपछि अबको कानुनी प्रक्रिया र थप अनुसन्धानबारे प्रहरीले आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once