पर्सागढीमा रास्वपाद्वारा रक्तदान कार्यक्रम सम्पन्न, सांसद सुशील साह कानुदेखि ६० जनाले गरे रक्तदान

spot_img

वीरगंज,०९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सागढी नगर समिति, पर्साको आयोजनामा शनिबार पर्सागढी नगरपालिका–३ बढनियारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्त अभाव न्यूनीकरणमा योगदान पुर्‍याउने उद्देश्यले आयोजित कार्यक्रममा सांसददेखि सर्वसाधारणसम्मको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुशील साह कानुले रक्तदान गरेर गरेका थिए। उद्घाटनसँगै सुरु भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। रक्तसञ्चार केन्द्र वीरगंजका अनुसार कार्यक्रममा ३ महिलासहित कुल ६० जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेहरूमा सांसद सुशील साह कानुसहित रास्वपा नेता सुधिर पटेल, मुस्कान दाहाल, होमप्रसाद न्यौपाने, सन्तोष खवास, पोषण पटेल कुर्मी, हर्कबहादुर अर्याल, आशिक अधिकारी, रैतु आलम अन्सारी, कमलेश रायभर, मनोज रायभर, करण आचार्यलगायत सहभागी रहेका थिए।

कार्यक्रममा रास्वपा नेता सुधिर पटेल, रास्वपा मधेश प्रदेश यातायात विभाग प्रमुख राम आर्य, क्षेत्र नं. २ का सचिव किशन प्रसाद, रास्वपा वीरगंज नगर सभापति दीपराज पटेल, नेपाल रेडक्रस सोसाइटी रेशमको उपशाखाका सह–कोषाध्यक्ष अभिलाष गुप्ता, स्थानीय बुद्धिजीवी तथा रास्वपा पर्सागढी नगर समितिका पदाधिकारी, कार्यकर्तालगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ पाण्डेको नेतृत्वमा रहेको प्राविधिक टोलीले रक्त संकलनको सम्पूर्ण व्यवस्थापन गरेको थियो। प्राविधिक टोलीको सहयोग र सहभागीहरूको सक्रियताका कारण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले रक्त अभाव न्यूनीकरणमा सहयोग पुग्नुका साथै रक्तदानप्रति नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ। रक्तदान कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once