धनगढी–दार्चुला सडकखण्डमा जिप दुर्घटना, चालकसहित तीन घाइते

spot_img

बैतडी,०२ साउन । भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खर्स्याखान क्षेत्रमा शुक्रबार बिहान भएको बोलेरो जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने चालकसहित तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान करिब २ बजेको समयमा अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ निवासी करिब ४५ वर्षीय सुगन लोथ्याल र सोही स्थानका करिब २८ वर्षीय हनु लोथ्याल रहेका छन्। दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्द ले जानकारी दिएका छन्।

दुर्घटनामा दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका–१ का ३५ वर्षीय सरस्वती लोथ्याल तथा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ निवासी अमृत घरेडी घाइते भएका छन्। घाइते तीनै जनाको डडेल्धुरा अस्पताल मा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त जिप भीमदत्त राजमार्गबाट करिब ४ सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान जारी राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once