राजविराजको विकासका लागि योग्य नेतृत्व आवश्यक : डा. सूर्य यादव

spot_img

राजविराज,१३ असार । ‘शिक्षित राजविराज, विकसित राजविराज’ महाअभियानका अभियन्ता डा. सूर्य प्रसाद यादव (सूर्या) ले आगामी २०८४ सालको स्थानीय तह निर्वाचनमा इमानदार, कर्मठ र दूरदृष्टि भएको नेतृत्व चयन गर्न राजविराजवासीलाई आह्वान गरेका छन्।

उनले सार्वजनिक धारणा व्यक्त गर्दै विगतका जनप्रतिनिधिहरूमाथि शिक्षा, स्वास्थ्य, सरसफाइ र कृषि लगायतका आधारभूत क्षेत्रमा जनताले अनुभूति गर्ने गरी काम गर्न नसकेको आरोप लगाए। उनले नगरपालिकाको बजेटको दुरुपयोग भएको तथा केही व्यक्तिले सार्वजनिक पदको दुरुपयोग गर्दै व्यक्तिगत सम्पत्ति बढाएको दाबी पनि गरेका छन्।
डा. यादवले केही जनप्रतिनिधिहरूको सम्पत्तिमा अस्वाभाविक वृद्धि भएको भन्ने आफूले सुनेको उल्लेख गर्दै, यदि त्यस्ता आरोप गलत हुन् भने सम्बन्धित निकायबाट निष्पक्ष सम्पत्ति छानबिन गरिनुपर्ने बताएका छन्।

उनका अनुसार सत्य तथ्य सार्वजनिक भएमा जनताले वास्तविक अवस्था बुझ्न सक्नेछन्।
उनले राजविराजलाई वर्तमान अवस्थाबाट माथि उठाउन निस्वार्थ भावले काम गर्ने, इमानदार, उच्च नैतिकता भएको र स्पष्ट विकास दृष्टिकोण बोकेको नेतृत्व आवश्यक रहेको बताए। त्यसका लागि ठूलो आन्दोलन आवश्यक नभई आगामी स्थानीय निर्वाचनमा विवेकपूर्ण मतदान नै सबैभन्दा प्रभावकारी माध्यम हुने उनको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

Subscribe

- Never miss a story with notifications

- Gain full access to our premium content

- Browse free from up to 5 devices at once